स्विडेन आउनु अघि विद्यार्थीहरुले सोच्नै पर्ने कुराSociety

We Are Nepali Living in Sweden फेसबुक पेजले नेपाली विधार्थीको हितमा जारी गरेको फेसबुक पोस्ट बाट

स्विडेन आउनु अघि विद्यार्थीहरुले सोच्नै पर्ने कुरा
(नेपाली विद्यार्थीहरुका लागि)
▔▔▔▔▔▔▔▔▔▔▔▔▔
१. आफ्नो पैसा खर्च गरेर काम नगरी पढ्न चाहाने विद्यार्थीलाई स्विडेन अतिनै उपयुक्त ठाउँ हो र यहाँ आउन र पढ्न प्रेरित गर्न सकिन्छ।

२. कामपनी गर्ने र पढ्न पनि चाहाने विद्यार्थीहरुका लागि:
☑ स्विडेनमा पर्सनल नम्बर पाउनको लागि कम्तिमा १ बर्ष भन्दा बढी, यानकी १३ महिना नाघेको अवधी भएमा मात्र रजिस्ट्रेसन हुने भएकोले, लामो अवधिको बिषय र डिग्रीको लागि मात्र आउँदा काम पाउने र सिस्टममा छिर्न सकिने सम्भावना बढी हुन्छ।
☑ विद्यार्थीले काम पुरै गर्न पाउने अधिकार दिएता पनि ठुला-ठुला शहरहरुमा सहित काम पाउन २-४ महिना देखि ५-७ महिनासम्म लाग्न सक्छ। काम विशेष गरि सरसफाइ, गार्डेन, हाउस्किपिङ, रेस्टुरेन्ट हेल्पर तिर अङ्ग्रेजी माध्यमबाट नै मिलेपनी चिनाजानीबाट नै पाइने संभावना बढी हुन्छ। ठुला शहरमा काम पाइने तर अपार्ट्मेन्ट पाउन गारो छ भने साना शहरतिर भने त्यस्को बिपरित छ।
☑ आफ्नो पढाइको डिमान्ड राम्रो छ भने पढाइ सक्किए पछि कामपाउने संभावना स्विडेनमा राम्रो छ। धेरै सेक्टर मा, विशेषगरि Data/Technique मा डिमान्ड बढ्दैछ।
☑ स्वीडिस भाषा जान्नु धेरै राम्रो हो र भाषा नजान्नु ठूलो barrier हो, प्रायजसो काममा भाषाको महत्त्व धेरै छ। बिद्यार्थिहरुका लागि युनिभर्सिटीमा र बाहिर हरेक नगरपालिकामा पढ्न पाइने ब्यवस्था छ।
☑ काम जति गरेपनी भिसा बढाउनको लागि पढेका बिषयहरु पास गरेकै हुनु पर्छ, अन्यथा भिसा नथपिने सम्भावना बढ्छ।
☑ कम्तिमा 75 % काम पाएमा र आफ्नो पढाई सक्किएको अवस्थामा work permit को लागि apply गर्न मिल्छ। काम गर्ने भिसा सुरु भएछी ४ बर्ष पूरा काम गरिसकेपछी PR को लागि apply गर्न मिल्ने ब्यवस्था छ। कामको पर्मिट मिलेपछी, पढ्ने फि नि मिनाहा हुन्छ।
☑ काम पाएको खन्डमा spouse, dependent ले नि पुरै काम गर्न पाउने ब्यवस्था छ। यद्यपि फि तिरेर, खान बस्नको लागि कमाइ गर्न गारो पर्न सक्छ। किनकी पूरा काम गर्दापनि ट्याक्स तिरेर १, सभा लाख भन्दा बढी कमाइ हुन गारो छ। यद्यपि spouse को फुल काम भएमा बिध्यार्थीको पनि भिसा status परिवर्तन गरि फि मिनाहा गराउन सकिने ब्यवस्था छ।

३. युनिभर्सिटीलाई बुझाउनु पर्ने फी पढ्ने बिषय अनुसार फरक फरक ८० हजार देखि २ लाख ७० हजार स्विडिस क्रोनोर (१ क्रोनोर =१२ रुपैयाँ ) र अझै बढी लाग्ने नि छ्न तर humanities, social sciences लाई कम पैसा र technical र natural sciences, IT लाई अलि बढी फी लाग्ने देखिन्छ।

४. IELTS 6.5, each 5.5 या TOEFL 4.5 written र overall 575 points हुनै पर्छ।

५. स्वीडेनमा बस्न, खान, यात्रा गर्न र लत्ताकपडा किन्न मह्ङ्गो पर्न जान्छ। साना शहरहरुमा कोठा सस्तो (३ हजार देखि ५ हजार स्वीडिस क्रोनोर) भने ठुला शहरहरुमा ४ देखि ६-७ हजार सम्म नि पर्न जान्छ।

६. अरु एजेन्सीको र कन्सल्टेन्सीबाटनै आउनु पर्छ भन्ने छैन। तपाईं आफैले नि प्रोसेस गर्न सक्नु हुन्छ। परमिट दिने नदिने कुरामा कन्सल्टेन्सीले गर्दैमा सम्भावना बढी हुने होइन।

७. कसरी आउने/apply गर्ने?
-You can do it all by yourself.

I. Create an ID in www.universityadmissons.se
(यो साइटमा तपाइँको जिज्ञासाहरु मेट्ने सबै कुराहरु पाउन सक्नु हुन्छ! साथै schloorship को लागि नि यहीँ जानकारी लिन सकिन्छ)

II. Search for courses, programmes, information about fee and scholorship in the same website.

III. Apply for the course/programme, apply also for the scholorship at the same time.

IV. After getting admission/ offer letter apply immediately to student apartment, you will find information about it in the University website.

V. Apply to migration in Sweden online www.migrationsverket.se, choose English website and follow instructions (यो वेबसाइट स्विडिस इमिग्रेसनको हो, पर्मिट सम्बन्धी सम्पुर्ण कुरा यहि authority ले गर्छ)। You can create an account here and apply for Residence permit. You need to book a time for biometry in Embassy of Sweden, New Delhi. Take with you two months account information details of bank balance of last two months with you.

VI. before applying to Study visa, make sure to have bank balance of fee and monthly 8370 kr/ month fooding and lodging cost for the total study time, if spouse coming, 3500 kr extra a month. Note: money must be in your own bank account and sponsorship is not enough. (This amount is separated from University fee, so the total bank balance is University fees+ fooding lodging)

Note: do not apply for the course and programme shorter than 13 months if you intend to work and study.

Hope this information is useful.
आशा गर्छौं यो जानकारी तपाईंलाई सहयोगी बनोस। हामीले आफुले जानेबुझेका कुराहरू share गरेको छौ तर Study र Permit को लागि 100 % सहि उत्तर पाउन निम्न आधिकारिक वेबसाईट visit गर्नुहोस।
www.universityadmissions.se (admission को लागि) र
www.migrationsverket.se (visit, study, work and residence पर्मिटको लागि)

Search