शनिबारको दिन, ओस्लो घुमौ एकछिनTravel

शनिबार फुर्सदिलो हुनुहुन्छ भने ओस्लो घुम्ने यो प्लान तपाईलाइ सहयोगी हुन सक्छ ।

तपाइको भ्रमण यात्रा सुरु गर्नुहोस सेन्ट्रल स्टेशनस्थित बाघको प्रतिमाबाट ।

त्यहाबाट कार्ल योहान गाता हुदै ओस्लो क्याथेड्रल  पूग्नुहोस् । ओस्लो क्याथेड्रल शुक्रबार बाहेक हरेक दिन बिहान १० बजे खुल्ने गर्दछ ।

त्यसपछि फेरि कार्ल योहान गाता हुदै अगाडि बढ्दा तपाईले नर्वेको संसद भवन देख्नुहुनेछ । नर्वेको संसद भवन सर्वसाधरणका लागि शनिबार १०:०० बजे र ११:३० बजे खुल्ने गर्दछ ।

त्यसपछि नेशनल थिएटर राजदरबार तर्फ लाग्नुहोस् । १२:०० बजे राजदरबार भित्र अवलोकन गरि भिगेल्याण्ड स्कल्पचर पार्कतर्फ अगाडि बढ्नुहोस् ।

भिगेल्याण्ड स्कल्पचर पार्कको भ्रमण पछि तपाई एकर ब्रिग्गे फर्कन सक्नुहुनेछ, जहाँ तपाईले रोदहुस सिटी हल अवलोकन गर्ने मौका पाउनुहुनेछ ।

त्यहाबाट आर्म्ड फोर्स म्युजियम हुदै एकर्सहुस फेस्टनिङबाट ओस्लोको गढी अवलोकन गर्नुहोस ।

फेस्टनिङबाट तल झर्नासाथ डुङ्गा चढेर नजिकैका आयल्याण्ड पुग्नुहोस् ।

त्यहाबाट फर्किएर ओपेरा हाउस हुदै बोटनिकल गार्डेनको अवलोकन गर्नुहोस ।

खानाका लागि मातहलेन, मनोरजंनका लागि ब्लो बार, रात्रीकालनि अवलोकनको लागि रेडिसन होटलको रुफ टप बार पुग्न सक्नुहुनेछ । 

Search