बाहिरबाट भित्र नियालेर चियाउँदा - हरिविनोद अधिकारीOp-Ed

हरिविनोद अधिकारी - परदेशमा हुँदा बढी नै स्वदेशको झझल्को आइरहँदो रहेछ। सम्झना आउने रहेछ। यसको कारण पारिवारिक माया, मोह या देशको माया र आफ्नो अतीतको मोह पनि होला। हामी केही समयमात्र बाहिर बसेर फर्कनेका लागि त आफ्नो देशको काम र माया दुवै हुनसक्छ। तर कडा मिहिनेतबाट विदेशीहरूले गरेको विकास, त्यो पनि चौतर्फी विकास देख्दा लोभ पनि लाग्छ, पश्चात्ताप पनि लाग्छ र अब छिट्टै यस्तै हुन पाए हुन्थ्यो भन्ने पनि लाग्दो रहेछ।

अरूको मुलुकमा देखिने विकासले झन्–झन् मन कुँढिदो रहेछ। यसकारणले कुँढिने हो कि हामी पनि मिहिनेत गरिरहेका छौँ आफ्नो तर्फबाट, सबै आ–आफ्ना कर्तव्य पूरा गर्नका लागि लागेकै देखिन्छन् तर किन आधारभूत आवश्यकतासमेत पूरा हुन सकेको छैन हाम्रो रु किन भ्रष्टाचार यसरी बढेको होला रु सबै त होइनन् होला तर किन प्रहरी प्रमुखहरू सबैजसो भ्रष्टाचारमा मुछिएर कारागारमा पुगेका होलान् रु किन जनताका समस्याको सबैभन्दा बढी समाधान गर्नुपर्ने कार्यालयमा झन् बढी भ्रष्टाचार मौलाएको होला रु लिने अपराधी कि, हामी भ्रष्टाचारका लागि उक्साउने अपराधी रु विकसित देशमा पनि भ्रष्टाचार भएको वा गरेको देखिन्छ, सुनिन्छ तर वृद्ध भत्ता वा मरेको मान्छेको भत्ता नै आफैँले कुम्ल्याएर हिँडेको सुनिएन। अपराध पत्ता लागेपछि त्यसको दण्ड सबैलाई थाहा हुन्छ तर किन त्यो पनि हुँदैन ?

हामीकहाँ कुरा त सबैले बुझेकै छन्, परिश्रम गरेर नै आजसम्मको विकासको परिणाम पाइएको हो। हामीले भन्दा तर विदेशीले अलि छिट्टै देश बनाएका हुन्। चौतर्फी विकास। शिक्षामा विकास, सबैलाई आधारभूत शिक्षाको जोहो गरेका छन्। स्वास्थ्यको विकास, गर्भदेखि वृद्धावस्थासम्मको प्रत्याभूति। भन्छन् नि, गर्भदेखि चिहानसम्मको प्रत्याभूति। अर्थात् गर्भमा आएको भू्रणको संरक्षणका लागि आमालाई दिइने विभिन्न औषधिदेखि मरेपछिको संस्कारअनुसारको सद्गतको व्यवस्था। बाँचुन्जेल सबै प्रबन्ध। पढ्न निःशुल्क सुविधा, कतै त कक्षा १ देखि विद्यावारिधिसम्म। नर्वेमा विदेशीसमेतलाई शिक्षा निःशुल्क रहेछ। विश्वमा कतिपय विकसित देशमा कतै कक्षा १२सम्म अनिवार्य र निःशुल्क। समानताका आधारमा। विभेद शून्य। तिनले पनि आफ्नो देश बनाएका हुन् आफ्नै परिश्रमले।

हाम्रो देशको नीति निर्माण र कार्यान्वयमा बस्नेहरू प्रायः तिनले कुनै न कुनै, विकसित देशहरूको अध्ययन भ्रमण गरेकै छन्। मैले यहाँ विकसित देश भनेको कम्तीमा पनि आधारभूत आवश्यकता पूरा गरेको त्यो देश हो जसको प्रतिव्यक्ति आय १० हजार अमेरिकी डलरभन्दा बढी छ। हुन त विश्वमा विकसित देशको परिभाषामा करिब ४० वटा देश पर्लान्, जसको प्रतिव्यक्ति आय ३०–३५ हजार डलरभन्दा घटी छैन होला, जहाँ यातायातले आफ्नो देशको सबै भागमा मात्र होइन कि अरू विश्वका देशहरूसँग पनि सहज सम्बन्ध राखेको हुन्छ।

ओस्लोमा बसेर मैले यी हरफहरू लेख्दा नेपाली कांग्रेसका दर्जनभन्दा बढी नेताहरू डेनमार्कमा छन्। उनीहरूले नेपाली कांग्रेसको नीति तथा प्रशिक्षण प्रतिष्ठानका तर्फबाट विदेशमा रहेका नेपाली जनसम्पर्क समितिका नेताहरूलाई पार्टीको नीति तथा आगामी दिनमा जनसम्पर्क समितिहरूले अपनाउनुपर्ने नीतिका बारेमा अन्तरक्रिया गरेको हुनुपर्छ। शायद विदेशमा बस्ने प्रत्येक नेपाली आफ्नो देशको अवैतनिक राजदूत हो। उसको बोली, व्यवहार र संस्कारले मुलुकलाई प्रतिविम्बित गरिरहेको हुन्छ भनेर नेपालको विदेश नीति, नेपाली कांग्रेसको नीति, नेपाली कांग्रेसको विदेश नीति र नेपाली कांग्रेसको हालै संशोधित विधानका बारेमा विदेशमा नै कार्यक्रम आयोजना गरेको होला। शायद नेपाली कांग्रेसले यस प्रकारको प्रशिक्षण कार्यक्रम गरेको यो नै पहिलोपटक होला। यसरी आउँदा र विदेशमा बसेका नेपालीहरूले आफ्नो देशको विकास यसरी होस् भनेर पक्कै भनेका होलान्। पक्कै नै कोपेनहेगनमा मात्र घुम्न ती नेताहरू आएका होइनन् होला। त्यति मात्र होइन, सम्माननीय प्रधानमन्त्री तथा माननीय परराष्ट्रमन्त्रीबाहेक अरू पनि मन्त्री, सांसद, व्यवसायी, प्राध्यापक, विद्यार्थी, कर्मचारी, कलाकारहरू र अन्य पेसाका नेपाली घुमिरहेको सुनिन्छ, देखिन्छ। त्यसले के प्रतिविम्ब पायो त मुलुकले रु तिनले किन विदेशमा देखेको राम्रो संस्कारलाई नेपालमा लागू गर्न लालायित नभएको होला रु देखेको राम्रो संस्कार त टपक्क टिपेर कार्यान्वयनमा ल्याएको भए मुलुक बढी नै लाभान्वित हुन्थ्यो होला।

संसद्मा सरकार र सांसदहरूका बीचको सम्बन्ध र व्यवहार कस्तो छ रु त्यहाँ बोलिने भाषा कस्तो छ रु सरकारमा रहेका साथीहरू र सरकारबाहिर बसेका साथीहरूका बीचमा कस्तो सम्बन्ध छ रु पदमा बस्नेहरूले नैतिकताका आधारमा कति जिम्मेवारी लिन्छन् रु कतै दुर्घटना हुँदा वा दैवी विपत्तिमा हामी कति संवेदशीलताका साथ एक–अर्कालाई सहयोग गर्छौं रु हाम्रा चिकित्सकहरू बिरामीप्रति कति संवेदनशील छन् रु कति अनुसन्धान गरेर रोग र रोगीको जरामा पुगी निदान गर्ने गरेका हुन्छन् रु हामी शिक्षकहरू आफ्ना विद्यार्थीप्रति कति जवाफदेही छौँ उनीहरूको भविष्यप्रति रु हाम्रा व्यवहारले अरूलाई संस्कार सिकाइरहेको छ कि छैन रु हामीले गरेको व्यवहार अरूले हामीलाई गरेमा हाम्रो प्रतिक्रिया के होला रु मुलुकको जीवन भनेको सरकारको दैनिक व्यवहारदेखि एउटा सानो विद्यार्थीको जीवनसम्मलाई इंगित गरेको हुन्छ।

जसरी एउटा व्यक्तिले अरूसँग आफूलाई दाँज्दा आफ्ना सबै कुराका राम्रा र सबल पक्ष अनि नराम्रा वा गर्न नसकेका कामको तुलना गर्ने गर्छ, ठीक त्यसै गरी आफूसँग भएका राम्रा कुरालाई सबल पार्ने र नभएका कुराहरू कसरी छिट्टै उलपब्ध गराउने भन्ने लागिरहन्छ। ठीक त्यसै गरी विदेशमा आफूसँग उपलब्ध नभएका सुविधाको साह्रै नै खट्किने रहेछ। कुनै पनि दिन तोडफोडसहितको आमहडताल भएको सुनिदैन। मैले अनुमान गरेँ– हामी कति धेरै अभ्यस्त भइसकेका छौँ आमहडताल, तोडफोड र आगजनीको राजनीतिमा। अनि ती देशमा पनि हुँदो हो त आमहडताल र आगजनीसहितको तोडफोड रु जसको कुनै सकारात्मक परिणाम पनि छैन र आउने परिणामको पनि कुनै आधार छैन, टुंगो छैन।

शायद जुनसुकै ठाउँमा जो छ, त्यसैले त्यो ठाउँमा उत्तरदायी भएर तोकिएको काम गरेमा र सरकारले आफ्ना कार्यक्रमलाई जनताको पक्षमा सीधै सकारात्मक प्रभाव पर्ने गरी तयार गरेर कार्यान्वयन गरेमा नेपाल पनि विकसित हुन समय लाग्नेछैन किनभने हामी परिश्रम गर्न नसक्ने होइनौं, अरू देशको विकासमा हाम्रो सहयोग कति छ भन्ने कुरा सर्वविदितै छ। सबैभन्दा ठूलो नीति बनाउने भनेको राजनीतिले हो, त्यो ठूलो नीति राजनीति पारदर्शी हुनुपर्छ र राजनीतिले मुलुकको विकासको लागि आफूलाई निष्पक्षताका साथ लगाउन सक्नुपर्छ, चाहे त्यो राजनीतिक योजना सरकारको होस् वा विपक्षको होस्।


लेखकको अनुमतिमा NewsOfNepal.com बाट

Search