फेस-एप डिलेमा र जर्नालिज्म २.० - अनुश खड्काWhat's Interesting

अनुश खड्का - केहि दिन अघि सामाजिक संजालमा फेस-एपको प्रयोगको विषयलाई लिएर निकै चर्चा भयो उक्त एपमा अहिलेको उमेरको तस्विर राख्दा केहि वर्ष अघि कस्तो देखिन्थे केहि वर्ष पछि कस्तो देखिनेछु भनेर हेर्न पाइन्छ उमेरका साथै अनुहारको बनोट लिङ्ग परिवर्तन गर्दा कस्तो देखिन्छ भनेर पनि त्यस एपमा हेर्न पाइन्छ

युरोपेली अमेरिकी मिडिया तथा तिनको प्रभावमा रहेका विश्वभरका मिडियामा प्रकाशित लेखलाई आधार मान्दै धेरैले यस एपको प्रयोगले गोपनियताको दुरुपयोग हुने आशंका गरे उसो मोबाइलमा आजकल उपलब्ध फेसिअल रिकगनिशन, फिंगर लक्जस्ता प्रयोग गोपनियता हिसाबले फेस-एप भन्दा कयौ गुणा संवेदनशील छन्

पत्रकारिताको . भर्सनको डिस्कोर्स चलिरहेको बेला फेस-एप जस्ता आर्टिफिसिअल इन्टेलिजेन्स प्रयोग भएका अनेकौ नविन प्रयोगहरु अत्यन्तै महत्वपूर्ण छन् खोज पत्रकारिताका लागि झन् यस्ता रचनात्मक प्रयोगहरु उपयोगी प्रविधि स्रोत हुन् यी लगायत सर्वसाधारणका लागि पनि सहज उपलब्ध अन्य ओपन सोर्स इन्टेलिजेन्स प्रयोग गरि खोज पत्रकारिताको अभ्यास लोकप्रिय बन्दै गएको ति मध्ये एक हो बेल्लिंगक्याट

मार्च , २०१८ मा युकेको गुप्तचर संस्थाका लागि कार्यरत पुर्व रुसी सेनाको गुप्तचर विभागका अधिकृत सेर्गेइ स्क्रिपल उनका छोरी युलिया स्क्रिपलको  लन्डनमा हत्या प्रयास भयो हत्या प्रयासको आरोप लन्डन भ्रमणमा पुगेका रुसी नागरिक माथि लाग्यो विश्वभरबाट रुस सरकारको आलोचना भएपछि रुसी रास्ट्रपति भ्लादिमिर पुटिन यस विषयमा बोल्न बाध्य भए उनले राष्ट्रिय टेलिभिजनमा आरोप खेपेका ति रुसी नागरिकलाई आफुले नचिनेको उनीहरु सामान्य नागरिक भएको बताए अर्को टेलिभिजन कार्यक्रममा उनीहरुलाई उपस्थित गराई उनीहरु कति सम्म सोझा छन् यस्ता सोझा सर्वसाधारणले हाई प्रोफाइल मर्डर प्लान गर्न के सक्लान भन्ने देखाइयो

नेपालका अधिकंश मिडियाले अभ्यास गरिरहेको जस्तो 'बताए पत्रकारिता' को अभ्यास अन्त पनि हुने भए यो केस येत्तिकैमा सिमित हुन्थ्यो होला या हप्ता भर उनीहरु छरछिमेक सामाजिक संजालमा भाइरल युट्युबमा ट्रेन्डीङ्गमा हुन्थे अनि केस सेलाउथ्यो तर बेल्लिंगक्याटको टिमले त्यसो हुन दिएन

मिडियामा आएको उनीहरुको फोटो, उनीहरु लन्डन पुगेको दिन त्यहाँबाट फर्केको दिनलाई आधार बनाएर बेल्लिंगक्याटको टिमले अनुसन्धान सुरु गर्यो उपलब्ध नाम, पासपोर्ट नम्बर, उनीहरुले त्यसअघि युरोपको अन्य देशमा गरेको भ्रमण त्यस पासपोर्ट नम्बरसंग मिल्दो जुल्दो अन्य पासपोर्ट नम्बरसमेत दाँजेर अनुसन्धानलाई अघि बढाए उनीहरुको जस्तै मिल्दो जुल्दो पासपोर्ट नम्बर पूर्वी युरोपमा खटिएका अर्का रुसी जासुसको पासपोर्ट नम्बरसंग मिल्यो त्यसले पत्रकारको खोजलाई अझ सहयोग गर्यो त्यसपछि बेल्लिंगक्याटको टिमले उनीहरुको वास्तविक पहिचान पृष्ठभूमिको खोजि गर्दै जाँदा ति रुसी नागरिक मध्ये एक जना सेनाको गुप्तचरका गोल्ड मेडलिस्ट अधिकृत रहेछन भने अर्का एक जना भने सेनाको चिकित्सालय कार्यरत चिकित्सक रहेको खुल्यो

हत्या प्रयासमा संलग्न व्यक्तिहरुको वास्तविक पहिचान पत्ता लगाउने जोखिमपूर्ण काममा बेल्लिंगक्याटको टिम सहजै पुगेको भने होइन फेस एपजस्तै प्रविधिको प्रयोग गरि पत्रकारहरुले हत्या प्रयासमा संलग्न व्यक्तिहरुको केहि वर्ष अघिको तस्विर निकाले त्यो तस्विर गुगलमा उपलब्ध हजारौ तस्विरहरु संग मेल खाए ति मध्ये एउटा तस्विरमा सैन्य पोशाकमा सजिएका इन्टेलिजेन्स स्कुलका पासआउट ब्याचको थियो सोहि तस्विरमा उभिएका एक व्यक्तिसंग हत्या प्रयासमा संलग्न आरोपितको अनुहार मिल्यो त्यसै तस्विरको मुनि लेखिएको क्याप्सनबाट उनको वास्तविक नाम पत्ता लाग्यो उक्त नाम इन्टेलिजेन्स स्कुलका पासआउट स्टुडेन्ट्सको सुचीमा पनि उल्लेख थियो उनीहरु मध्ये एक जना गोल्ड मेडलिस्ट भएकाले उनको नाम नेशनल हिरोको रुपमा सैन्य स्मारकमा पनि उल्लेख थियो साथै सैन्य संग्रालयमा पनि रास्ट्रपति पुटिनले उनलाई गोल्ड मेडल दिएको फोटो सजिएको थियो त्यहि फोटो पछि गाउमा रहेकी हजुरआमालाई पत्रकार भेट्न पुग्दा पनि उनको घरमा सजिएकै थियो

आधुनिकतासंगै उपलब्ध नवीन प्रविधिबाट हामी लाभान्वित हुने ठाउँ धेरै पत्रकारिताका लागि आर्टिफिसिअल इन्टेलिजेन्स मेशिन लर्निङ्ग सिस्टम वरदान नै हुन् यसले सूचना खोज्न, प्रमाण जुटाउन, त्यसलाई प्रस्तुत गर्न आफ्ना दर्शक, श्रोता पाठकबीच सिधा सम्पर्क गराउने सहज सुलभ वातावरण बनाइदिएको जसले आगामी दिनमा मिडियाले आफ्नो खर्चको ठुलो हिस्सा स्याटलाइट, फ्रीक्वेन्सी प्रिन्टिंग प्रेसमा गर्ने कि कन्टेन्टमा गर्ने भन्ने बहसलाई अझ महत्वपूर्ण बनाउदै लाग्नेछ


 

Search