मस्कोमा ३०० जना सहभागी भई धुमधाम संग भानु जयन्ति मनाईयोEntertainment

नेपालका आदिकवि एवं महान साहित्यिक विभूति भानुभक्त आचार्यको  २०६- औं जन्मजयन्तीको उपलक्षमा  विश्व नेपाली साहित्य महासंघ रुस शाखा र गैरआवासीय नेपाली संघ रूस राष्ट्रीय समन्वय परिषदको संयुक्त तत्वावधानमा २१ जुलाई २०१९ (आइतबार) का दिन मस्कोबाट ७० किलोमिटर टाढा इस्त्रा जलसरोबरको तटमा अबस्थित प्यात्नित्सा भन्ने ठाउँमा  “अन्तराष्ट्रीय भाषा तथा साहित्य दिवस” समारोह बृहद बनभोज कार्यक्रम सहित भब्यताका साथ् सुसम्पन्न भयो । पहिलो बृहद मस्को भेलाबाट सन् २००३ सालमा एन आर एन  स्थापना भएको यस एतिहासिक ठाउँमा आयोजना भएको भानु-जयन्ती समारोहमा विभिन्न सामाजिक संस्था का पदाधिकारी तथा सदस्यहरू, बिद्ध्यार्थी भाईबहिनीहरु सहित रूसमा बसोवास गरिरहेका करिब ३०० जना साहित्यप्रेमी नेपालीहरु र रुसी मित्र हरुको ब्यापक सहभागिता रहेको थियो / मास्कोवासी साहित्यानुरागी नेपालीहरूद्वारा उत्साहपुर्वक भाग लिइएको त्यस समारोहमा  प्रमुख अतिथिको हैसियतले रूसका लागि नेपाली राजदूत महामहिम ऋषिराम घिमिरेका साथै गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष जिबा लामिछाने, अन्तराष्ट्रीय समन्वय परिषद्का महासचिव डा. बद्री के.सी., पूर्व सल्लाहकार पुष्प राज तिमिल्सिना,  बिश्व नेपाली साहित्य महासंघ रुसका अध्यक्ष एबं गैरआवासीय नेपाली संघका युरोप उप संयोजक गोविन्दप्रसाद गौतम,  गैरआवासीय नेपाली संघ रूस राष्ट्रीय समन्वय परिषदका अध्यक्ष रामेश्वर गौतम, केन्द्रिय सदस्य डा. एकनारायण चापागांई को समुपस्थिति रहेको थियो  भने कार्यक्रम को अध्यछ्यता बरिस्ठ साहित्यकार कृष्ण प्रकाश श्रेष्ठले गर्नु भएको थियो /  विश्व नेपाली साहित्य महासंघ रूस शाखाका महासचिव डा. मन मूर्ति भुर्तेल द्वारा संचालित कार्यक्रममा समारोहका अतिथि एबं बक्ता हरूले आदिकवि भानुभक्तको तस्बिरमा पुष्पाञ्जलि अर्पण गर्दै आधुनिक नेपाली साहित्यिक भाषाका प्रवर्तकको देनबारे प्रकाश पारेका  थिए । उद्घोसक डा. भुर्तेलले आदिकबिका प्रसिद्ध पंक्ति हरुलाई गीतमा ढाली गाउँदा श्रोता हरु मन्त्रमुग्ध बनेका थिए ।

साहित्यिक समारोहको कार्यक्रमअनुसार विभिन्न कविता प्रतियोगिताहरूको पनि आयोजना गरिएको थियो । जिबा लामिछाने,  डा. बद्री के.सी., कृष्ण प्रकाश श्रेष्ठ र प्रा.डा. सूर्यप्रकाश पौडेल समाविष्ट  निर्णायक मण्डलद्वारा प्रतियोगितामा सहभागी कविताहरूको मूल्याकन गरिएको थियो । उत्कृष्ट ठहरिएका नेपाली कविताहरूको पाठ गरिनुका साथै हाम्रा आदिकविप्रति समर्पित काव्यकी रचयिता रूसी कवयित्री ल्युदमिला आभ्देएभाले पनि आफ्नो कविता प्रस्तुत गरेकी थिइन्, त्यस्तै गरि रुसी कवियत्री हरु नेल्ली कोपेइकिना, ल्युदमिला सल्तिकोवा, तात्याना चेग्लोवा द्वारा नयाँ र मौलिक कविताहरूको पाठ गरिएको थियो । कवितालेखन प्रतियोगितामा सहभागी भै  क्रमश: हिमाल खनाल र डा. बिमला भण्डारीले प्रथम र द्वितीय स्थान प्राप्त गरेका थिए भने तृतीय पुरस्कार श्री कुमारबहादुर श्रेष्ठ लाई  प्रदान गरिएको थियो !   त्यस्तै गरी  “आँसु कविता लेखन प्रतियोगिता” मा  प्रथम पुरस्कार इन्द्रप्रसाद भुसाल, द्वितीय पुरस्कार गोविन्द देवकोटा र तृतीय पुरस्कार  श्री कुमारबहादुर श्रेष्ठ लाई प्रदान गरिएको थियो ।

साथै यस एतिहासिक स्थानमा भलिबल, फुटबल आदि खेलकुद प्रतियोगिता आयोजना गरि परम्परागत रुपमा एन आर एन डे मनाईएको थियो / खेलकुद प्रतियोगिता तथा मेडल, शिल्ड, प्रमाणपत्र लगायत पुरस्कारको ब्यबस्थापन गैरआवासीय नेपाली संघ रसियाका अध्यक्ष रामेश्वर गौतम, कार्यबाहक महासचिब इन्द्र प्रसाद भुसाल र युवा संयोजक किरण रानाभाट ले गर्नु भएको थियो /  बनभोज कार्यक्रम को ब्यबस्थापन गैरआवासीय नेपाली संघ रसियाका उपाधछ्य सुमन रिजाल र पूर्व उपाधछ्य द्वय डा. बिमला भण्डारी र डा. कुमार कार्कीले गर्नु भएको थियो ।

त्यस्तै गरि यसै दिन, RUSNEPAL  डट कम, रुसको पहिलो नेपाली न्युज पोर्टल को शुभारम्भ,  गैरआवासीय नेपाली संघ रसिया  र RUSNEPAL  टिम बिच मैत्रीपूर्ण फुट्बल खेल खेली गरियो। उक्त  कार्यक्रममा RUSNEPAL का संस्थापक अध्यक्ष    मिलन  कटेल ले रुसका   लागी नेपाली राजदुत्  महामहिम ॠषि  राम घिमिरे,  गैर आवासीय नेपाली संघका पुर्व अध्यक्ष जिवा लमिछाने, महासचिब डा. बद्री  केसी, गैर आवासीय नेपाली संघ रसियाका अध्यक्ष रामेश्वर गौतम का साथै अन्य अतिथि हरुलाई  RUSNEPAL डट कम को लोगो अंकित टि-सर्ट मायाको चिनो स्वरुप उपहार दिएका थिए ।


RusNepal.com बाट

Search