तपाई नर्वेमा कुनै व्यवसाय दर्ता गरि काम गर्न चाहनुहुन्छ भनेMarket

हामी नर्वे आउनासाथ काम र पढाईमा यति धेरै व्यस्त हुन्छौ कि कतिपय अवस्थामा अरु अवसरको बारेमा थाहै हुदैन । पछिल्लो व्यवस्था अनुसार विधार्थीहरुले व्यवसाय संचालन गर्न नपाउने भए पनि उनीहरुको श्रीमान-श्रीमतीले नर्वेमा कुनै पनि व्यवसाय दर्ता गर्न पाउने प्रावधान रहेको छ । यो प्रावधानले  सीप र दक्षता भएका नेपालीलाई अदक्ष काममा अल्झिनु पर्ने बाध्यताबाट बाहिर आउने मौका दिएको छ ।

कुनै व्यवसाय संचालन गर्दा निश्चित अवधिसम्म नाभ (NAV.no) ले मासिक सहयोग दिने व्यवस्था पनि नर्वेमा छ ।

किन नर्वे नै?
राजनीतिक स्थिरता
प्राकृतिक स्रोत साधनमा धनि
बलियो अर्थ व्यवस्था
विश्वस्तरका उधोग तथा व्यवसाय
व्यापारको लागि सहज वातावरण
बसोबासको लागि उत्कृस्ट ठाउँ

कसरी दर्ता गर्ने व्यवसाय ?
नर्वेमा कुनै पनि व्यवसाय दर्ता गर्न इक्छुक व्यक्तिको अलतिन (Altinn.no) मा पहुच भए सहज हुने गर्दछ । अलतिनमा व्यवसायको योजना कसरी बनाउने देखि दर्ता र संचालन गर्ने तरिकाहरु उल्लेख छ ।

कर व्यवस्था
नर्वेमा कर्पोरेट ट्याक्स रेट २२ प्रतिशत छ, जुन मुनाफा र पुँजीगत लाभमा लागु हुन्छ । त्यसका अलवा नेशनल इन्सुरेन्स स्किममा रोजगारदाताले १४।१ प्रतिशत योगदान गर्नुपर्ने प्रावधान रहेको छ । तपाई कुनै व्यवसाय दर्ता गरि काम गर्न चाहनु हुन्छ तर करको बारेमा जानकारी छैन भने कर कार्यालयले निशुल्क तालिमको व्यवस्था पनि गरिदिएको छ । यो वर्षका लागि अंग्रेजी भाषामा तालिम संचालन हुने दिनहरु - सेप्टेम्बर ५,  अक्टोबर २१, नोभेम्बर २८ र डिसेम्बर २ रहेको छ ।

 

नर्वेमा छाएका केहि नेपाली उद्ममीहरु

कुमार पण्डित
हाम्रो इभेन्ट
के एण्ड के टुर्स

प्रेम बहादुर परियार
स्टुलन क्याफे एण्ड बार

बिमला पाण्डे, कृष्ण नेपाल
न्यू एम्बेस्डर रेस्टुराँ एण्ड बार

चन्द्र कुमारी चन्द, जितेन्द्र शाही
रोयल तन्दुरी रेस्टुराँ

प्रलय रिजाल 
डेन्ट केयर

बिकास दवाडी
नारबुतिक्केन

बिनोद राज गिरी
न्यू बम्बे तन्दुरी रेस्टुराँ

राजाराम कडेल
इण्डियन ओसन तन्दुरी रेस्टुराँ

भिम बहादुर भण्डारी
शेर्पा रेनहोल्ड 

रोशन गिरी
काठमाण्डौं रेस्टुरा

किरण काफ्ले
बम्बई कुजिन इन्डियन रेस्टुराँ

 

नर्वेमा व्यवसाय संचालनका लागि केहि उपयोगी लिंकहरु

https://www.altinn.no/en/start-and-run-business/

https://www.nav.no/workinnorway/en/Enterprise/Guide+for+starting+a+permanent+business+in+Norway

https://www.innovasjonnorge.no/en/start-page/our-services/start-ups/

http://www.oslobusinessregion.no/startup-in-oslo/start-a-company/

Search