रुसी प्रधानन्याधिश नेपाल भ्रमण गरि स्वदेश फिर्ताSociety

मस्को, रुस। साउन १२- रुसको सर्बोच्च अदालतका प्रधानन्याधिश भ्याचेस्लाभ लेबेदेव नेपाल भ्रमण गरि स्वदेश फिर्ता हुनु भएको छ। २२ जुलाई देखि २५ जुलाई सम्म नेपालको औपचारिक भ्रमण पश्चात प्रतिनिधिमण्डल स्वदेश फर्किएको छ। औपचारिक भ्रमणकै क्रममा रुसी प्रधानन्याधिश भ्याचेस्लाभ लेबेदेव साथै प्रतिनिधिहरूले  प्रधानमन्त्री केपी ओली, सर्बोच्च अदालतका प्रधानन्याधिश चोलेन्द्र शमसेर जबरा साथै माननीय महान्यायाधिवक्ता अग्निप्रसाद खरेलका बीच छुट्टा छुट्टै भेटबार्ता गरेका थिए।

विभिन्न भेट बार्तामा रुस र नेपालका प्रतिनिधिहरुले दुई देशबीच उच्च स्तरीय भ्रमणको आवश्यकता लाई ध्यान दिए। भेटकै क्रममा  सन् २०१५ को भूकम्प पश्चात रूसी सरकार र रूसी जनताहरूले गरेको सहायता प्रति नेपाल सरकारका महान्यायाधिवक्ता श्री अग्निप्रसाद खरेलले कृतज्ञता व्यक्त गर्नुभयो।


RusNepal.com बाट

Search