Lager 157को SummerdealLifestyle

नर्वेमा नयाँ आउने नेपालीहरु माझ लोकप्रिय ब्राण्ड हुन् एच एण्ड एम, क्युबुस, मोङ्की, इनाट्रीकोट आदि । यी ब्राण्डका अधिकाशं कपडाहरु स्क्याण्डेनेभियन डिजाइनका भए पनि उत्पादन भने दक्षिण एसियाका देशहरुमा हुने भएकाले तुलनात्मक रुपमा अरु ब्राण्डका भन्दा सस्ता हुन्छन् ।

यस्तैमा दक्षिण एसियाका देशहरुमा उत्पादन हुने कपडाको एउटा स्टोर लागेर १५७, नेपालीहरुलाई एच एण्ड एम, क्युबुसको विकल्प हुन सक्छ ।

लागेर १५७ संचालनको २० वर्ष पूगेको उपलक्ष्यमा अहिले सेल लागिरहेको छ, जहा आफूलाई फिट नभएका कपडा फिटिङ गराउने व्यवस्था पनि पसल भित्रै रहेको छ ।

लागेर १५७ मा उपलब्ध केहि समान, मूल्य सहित:
टिसर्ट २० क्रोनर 
गलबन्दी २० क्रोनर
अण्डरवयर ३५ क्रोनर
स्वेटर ५० क्रोनर 
हुडिज १०० क्रोनर
टाउजर १०० क्रोनर 
पेन्ट १०० क्रोनर 
झोला १०० क्रोनर 
जुत्ता १०० क्रोनर
रेनकोट २०० क्रोनर 
ज्याकेट २०० क्रोनर

Search