प्रधानमन्त्री ओली र नर्वेकी प्रधानमन्त्री आर्ना सुल्बर्गबीच द्विपक्षीय भेटवार्ताSociety

युरोप भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री खड्ग प्रसाद शर्मा ओलीले नर्वेकी प्रधानमन्त्री एआर्ना सुल्बर्गसग द्विपक्षीय भेटवार्ता गरेका छन् । 

इन्टरनेशनल लेबर अर्गनाइजेशन (ILO) स्थापनाको सय वर्ष पुगेको उपलक्ष्यमा आयोजित कार्यक्रममा  भाग लिन पुगेका दुई देशका प्रमुखबीच स्वीटजरल्याणको जेनेभामा भेटवार्ता भएको हो । 

उक्त साइडलाइन भेटमा शिक्षा तथा विकासका परियोजनामा नर्वेको सहकार्य, जलविद्युतमा लगानी र दुई देशबीच दिगो सम्बन्धका बारेमा छलफल भएको बताइएको छ ।

विकासका लागि शिक्षा अपरिहार्य उर्जा भएको भन्दै सुल्बर्गले नेपालमा शिक्षाको स्तरोन्नतीमा जोड दिइन । साथै नेपालसंग को सम्बन्ध मजबुत र दिगो बनाउन आफु इच्छुक रहेको उनले बताइन ।

द्विपक्षीय भेटमा दुई देशबीचको सम्बन्ध अझ मजबुत र दिगो बनाउने बिषयमा प्रधानमन्त्री ओली र समकक्षी सोल्बेर्गबीच समझदारी भएको पररास्ट्र मन्त्रालयका सचिब शंकरदास बैरागीले बताए ।

Search